सिंगटी हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने


  • सिंगटी हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने
  • काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ । आवेदकहरुको भेरिफाइ भइरहेकोले आउँदो मंगलबार प्रि अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले जानकारी दिए ।
    कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् । कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेर २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।   यसअघि, पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो ।  
    कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबै आवेदकलाई १० कित्ता वा सोभन्दा बढी पर्ने भएमा १० ले भाग जाने गरी बराबर रुपमा बाँडफाँड गर्नुपर्ने हुन्छ । सबै आवेदकलाई १० कित्ता नपर्ने भएमा आवेदकमध्येबाट गोलाप्रथा गरी जतिलाई पुग्छ, १० कित्ताको दरले बाँडफाँड गर्नुपर्छ ।   सिंगटी हाइड्रोले सर्वसाधारणको लागि निष्कासन गरेको २६ लाख ९७ हजार कित्ता आईपीओ गोलाप्रथाबाट १० कित्ताको दरले भाग लगाउँदा २ लाख  ६९ हजार ७०० आवेदकले  सेयर पाउनेछन् । बाँकी रहेका साढे १३ लाखभन्दा बढीले भने सेयर पाउने छैनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *