नेपाल पत्रकार महासंघ रुकुम शाखाको अध्यक्षमा केसी विजयी
रुुकुम पश्चिम ।
नेपाल पत्रकार महासंघ रुकुम शाखामा पत्रकार लक्ष्मण केसी विजयी भएका छन । उनलेे निकटतम प्रतिद्वद्वि हरि गाैतमलाई १३ मतको अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । लक्ष्मण केसीको ६० र हरि गाैतमकाे ४७ मत प्राप्त भएको छ । रुकुममा १ सय २३ जम्मा मतदातामा १ सय ७ मत खसेको थियो ।
विगत १५ वर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशील केसी हाल उजेली डटकम अनलाइनकाे प्रकाश सम्पादककाे रुपमा शिक्षा क्षेत्रकाे रिपोर्टिङमा दखल राख्छन् । उनका प्रतिष्पर्धी हरि गाैतम कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत छन । दुवै पेशागत रुपमा क्रियाशील पत्रकार हुन ।
केन्द्रमा प्रेस युनियनको नेतृत्वमा ,प्रेस सेन्टर ,माधव ,झलनाथ काे प्रेस चाैतारी सहित ११ संगठनकाे संयुक्त प्यानल भए पनि रुकुममा भने केपि ओली निकट प्रेस चाैतारी र प्रेस युनियनको गठबन्धन थियोे
लक्ष्मण युनियन,चाैतारी र हरि प्रेस सेन्टरकाे तर्फबाट प्रतिष्पर्धा गरेका थिए । यस्तै सचिवमा पनि युनियन चाैतारी गठबन्धनकि हिरा परियारले जितेकि छिन । परियारकाे ५५ मत रहेको छ भने उनका प्रतिष्पर्धी मनिष खड्काको ५१ मत रहेको छ । अन्य पदमा भने मिक्स परिणाम आएको छ ।
रुकुमकाे इतिहासमा पहिलोपटक नेतृत्व चयनकाे लागि मतदान मार्फत पदाधिकारीहरु छनाैट गरिएकाे हाे । यस अगाडि सहमतिको आधारमा नेतृत्व चयन गरेपनि युनियनले कहिले नेतृत्व गरेको थिएन । रुकुममा पहिलोपटक प्रेस युनियनले महासंघको नेतृत्व प्राप्त गरेको प्रेस युनियन रुकुमका अध्यक्ष दिनेश खड्काले बताए ।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण केसीले पेशागत हकहित , पेशागत मर्यादा र पत्रकारहरुकाे सुरक्षाको लागि जिल्ला स्थिति सबै श्रमजीवी पत्रकारहरु सँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।