नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा भण्डारी बिजयी


  • नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा भण्डारी बिजयी
  • नेपालगंज । नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा नेपाल प्रेस युनियनका दामोदर भण्डारी अध्यक्ष पदमा बिजयी भएका छन् । भण्डारीले उनका निकटम प्रतिद्वन्दी दत्त प्रसाद धिताललाई पराजित गरेका हुन्। भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरेका हुन् । शुक्रबार विहान सम्पन्न मतगणनामा भण्डारीले १५७ मत प्राप्त गरे भने धितालले १३९ मत ल्याएका थिए। त्यस्तै उपाध्यक्षमा संगीन शर्मा बिजयी भएका छन भने महिला उपाध्यक्ष करुणा शाह र सचिबमा केपी ओली निकट प्रेस चौतारीका कमल डाँगी बिजयी भएका छन् । त्यस्तै सह-सचिब (समाबेशी) तर्फ हेमन्त चौधरीसह-सचिब खुल्ला तर्फ कृष्ण ओली र कोषाध्यक्षमा बिनोद पौडेल बिजयी भएका छन् । यस्तै महिला सदस्य तर्फ साबित्री गिरी, दलित सदस्यमा केपी ओली निकट प्रेस चौतारीकी पबित्रा परियार बिजयी भएका छन् । यता आदिवासी जनजाति सदस्यमा राधेश्याम थारु र अल्पसंख्यक सदस्यमा मोहमद जाबेद हलवाई, सदस्य मधेसी तर्फ भिष्म लोध, खुल्ला सदस्य जाबेद अहमद शाह, दिनेश ठाकुर, सुनिल रेग्मी, सौरभ गिरी, निर्मल शर्मा, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने (अशान्त) बिजयी भएका । नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त गठबन्धनको लोकतान्त्रिक व्यवसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट भण्डारी तथा प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धिताल निर्वाचनमा होमिएका थिए । बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको थियो । यस्तै महासंघको केन्द्रको नेतृत्व र प्रदेशको नेतृत्वका लागि पनि बाँकेबाट अत्याधिक मत पाएर बिजयी भएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *