डाका मुद्दाका फरार अभियुक्त सत्ताइस वर्षपछि पक्राउ



महेन्द्रनगर ।
कञ्चनपुररमा डाका मुद्दाका फरार अभियुक्त सत्ताइस वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीले साविककाे परासन गाविस–७ का बलबहादुर सुनारलाई सत्ताइस वर्षपछि शुक्रवार पक्राउ गरेको हाे।
कञ्चनपुर जिल्ला अदालतको २०५० साल असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ रुपैयाँ जरिवाना भएर लगतमा बसेका सुनारलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिएर २०३२ सालदेखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार २०४४, २०४८ र २०५० सालमा डकैतीकामा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए । रासस