कालिकोटमा आगलागीबाट ६ घर जलेर नस्ट



कालिकोट ।
कालिकोटकाे पचालझरना गाउँपालिका वडा नं ८ मा आगलागी हुँदा ६ घर जलेर नस्ट भएका छन् ।
दिउँसो १ बजेदेखि गाउँपालिकाको वडा नम्वर ८ स्थित खोलिबजार भुराबगरमा भीषण आगलागी भएको थियो । आगलागीमा परी ६ घर पूर्ण रुपमा क्षति भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार आगलागीबाट दुर्ग सार्की, बिरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्की लगायत ६ जनाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।
दिउँसो १ बजेबाट लागेको आगो स्थानीयबासी र नेपाल प्रहरीको सक्रियतामा साँझ ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।