अज्ञात समुहद्वारा लहानमा व्यपारीको गोली हानी हत्या



काठमाडौं ।
लहानमा एक सुनचाँदी व्यपारीको गोली हानी हत्या भएको छ । लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको हो ।
डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालको भनाई छ ।
उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको उनले बताए । पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकीन हुने प्रहरीको भनाई छ ।
हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ। घाइते उनको लहान अस्पतालमा उपचार भैरहेको छ।
शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले जानकारी दिए । हतियारधारी समूह विश्वकर्मा बस्दै आएको घरमा सिढी हालेर भित्र प्रवेश गरेको स्थानीयको भनाई छ । दृष्टि