विद्यालय बन्द गर्नेबारे सरोकारवाला सँग मन्त्रालयले छलफल गर्दै


काठमाडौं ।
सरकारले विद्यालय बन्द गर्नेबारे सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई छलफलका लागि अहिले बिहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोनाको नयाँ स्वरुप युके भेरियन्टको संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।
विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । प्याब्सनले भने सरकार काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ ।