जिल्ला प्रशासन कार्यालय गुल्मीको गाडी दुर्घटना दुईको मृत्यु


  • जिल्ला प्रशासन कार्यालय गुल्मीको गाडी दुर्घटना दुईको मृत्यु
  • गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको हो । गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारीलगायत सवार रहेको जनाइएको छ । प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको बताए । तर, सनाखत हुन बाँकी छ । दुर्घटना स्थलमा उद्दार गर्न प्रहरीको टोली पुगेको छ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *