केही दिनभित्रै सरकारलाई समर्थन गर्ने जासपा को तयारी



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)ले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको एमाले र जसपा कार्यदलको बैठकमा जसपाले दुई तीन दिन भित्रै सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको हो ।
कार्यदलको छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको थियो । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।
जसपा नेपालले बुझाएको फाइलको बारेमा गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले भनेको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समर्थनको सन्दर्भमा कार्यदललाई प्रतिबद्धता जनाएको भएपनि पार्टीभित्र छलफल गर्ने निष्कर्षमा जसपा कार्यदल पुगेको छ । दृष्टि