सरकारलाई दिएको समर्थन तीन दिन भित्र फिर्ता लिन्छौ : प्रवक्ता श्रेष्ठ



काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रले नयाँ सरकार गठन प्रक्रियालाई सहज बनाउनका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको हो ।
इमेज टेलिभिजनको कार्यक्रम हटसिटमा बोल्दै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई हाल कुनै पनि समर्थन नदिएको र व्याहवारिक रूपमा दिइएको समर्थन पनि तीन दिन भित्र फिर्ता लिने तयारी अघि बढाएको बताए । यस्तै, उनले नयाँ सरकारको विषयमा जनता समाजवादी पार्टीको आधिकारिक निर्णय भने पर्खिने बताए ।
जसपाका अध्यक्ष महन्थ ठाकुर भने प्रधानमन्त्री ओलीसँग सहमति गरेर ओली सरकारलाई नै निरन्तरता दिने पक्षमा देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र जसपाका कार्यदलबीच अन्तिम विन्दुमा पुग्ने गरी सहमतिका लागि छलफल भइरहेको छ ।
केही दिन अघि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्र्मा ओलीले माओवादीलाई समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए । त्यसको चार दिन नपुग्दै माओवादीले समथर्न फिर्ता लिने तयारी गरेको छ । दृष्टि