काठमाडौँ उपत्यका र बाँके काेरोनाको हटस्पट बन्दै



काठमाडौं ।
काठमाडौँ उपत्यका र बाँके काेरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३ सय ४८ जना संक्रमित भएका हुन् ।
काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ ।
यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । यसअघि बिहीबार ५ सय ३४, बुधबार ६ सय ३ जना कोरोना संक्रमित भेटिएका थिए। दृष्टि