थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट स्वत: पदमुक्त



काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सांसद पदबाट बर्खास्त भएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले (ओली समूह)मा प्रवेश गरेका कारण पार्टीले उनलाई कारबाही गरेपछि राष्ट्रियसभा सदस्य पद खारेज भएको हो ।
माओवादी केन्द्रले गत चैत २७ गते थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आइतबार सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो । सांसद पद खारेज भएसँगै थापा मन्त्रीबाट पनि पदमुक्त भएका छन् । दृष्टि