गृहमन्त्री पदबाट बर्खास्त वादलको आजै पुनर्नियुक्ति हुदै



काठमाडौं ।
राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमै पुनर्नियुक्ति गर्दैछन् । उनलाई आजै साँझ ५ बजे सपथग्रहण गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो । माओवादीको लिखित पत्र पाएपछि संसद सचिवालयले आइीतबार विहान बादलको पदमुक्त भएको सूचना जारी गरेको थियो । दृष्टि