माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजै वस्दै



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन् ।