कर्णाली प्रदेशका तीन मन्त्रीले लिए सपथ



सुर्खेत ।
कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् ।
आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई शपथ गराएका हुन् ।
शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेको माधव नेपाल समूहका तीन जना सांसदलाई शनिबार मन्त्रीमा नियुक्त गरिएको थियो ।
यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भए पनि उनी भने मन्त्री बनेका छैनन् । उनीहरुलाई एमालेले भने पार्टीबाट निष्कासन गरिसकेको छ।