चिनियाँ राजदूत बसेको होटलमा ठूलो विष्फोट कम्तिमा चार जनाको मृत्यु



काठमाडौं ।
पाकिस्तानको क्वेटा शहरस्थित चर्चित सेरेना होटलमा भएको विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाएर यो विष्फोट गराइएको आशंका गरिएको छ । विष्फोटका समय चिनियाँ राजदूत क्वेटा शहरमै थिए क्वेटा, बलूचिस्तान प्रान्तको राजधानी हो, जुन अफगान सीमा नजिक पर्दछ ।यद्यपि विष्फोटका बेला चिनियाँ राजदूत होटलमा नरहेको बताइएको छ ।
विष्फोट होटलको कार पार्किङमा भएको हो ।सेरेना होटल क्वेटामा निकै चर्चित छ, जहाँ अधिकांश सरकारी अधिकारी र चर्चित व्यक्तिहरु आउने जाने गर्दछन् ।
पाकिस्तानी तालिबानले यो विष्फोटको जिम्मेवारी लिएको छ।पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले उआरवाय न्युज टेलिभिजनसँग कुरा गर्दै विष्फोटक पदार्थले भरिएको कारण विष्फोट भएको बताएका छन् ।
उनले विष्फोटका बेला चिनियाँ राजदूत नो.ग रोंग एक समारोहमा थिए, तर उनी होटलमा नरहेको गृहमन्त्री शेखले बताए बलूचिस्तानमा लामो समयदेखि पृथकतावादी सक्रिय छन् । उनीहरु पाकिस्तानबाट स्वतन्त्रता चाहन्छन् ।