भेरी अस्पताललाई अक्सिजन खरिद गर्न वडाध्यक्ष बेहनाद्धारा दुई लाख सहयोग



नेपालगंज ।
भेरी अस्पतालमा बेड भरिएका छन् । बिरामीका लागि चाहिने अक्सिजन सिलिन्डर अभाव भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ ।
कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ ।
यहीबेला नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन खरिद गर्न दुई लाख सहयोग गरेका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत हुने भएकाले आजै शुक्रबार भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन खरिद गर्न उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उनले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन् ।