रोल्पामा जेष्ठ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी



रोल्पा ।
कोरोनाले भयानक रुपलिन थाले पछि रोल्पामा निषेधाज्ञा लगाइएको हो। सोमवार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को वैठक गरी बैशाख २२ गते बुधवार देखि जेष्ठ ५ गते राती १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।
जिल्ला अधिकारी अनुसार जिल्ला भित्र तथा बाहिर जिल्ला चल्ने निजी तथा सार्वजनिक सवारी साधनहरु अनुमतिबिना सञ्चालन गर्न पाइने छैन, भने खाघान्य बस्तु का लागी बिहान ६ बजे देखि ९बजे सम्म, बेतुका ५ देखि ७ बजे सम्म खुल्ने छन। बैकिङ्ग को हकमा बैक तथा बातिक संस्था हरु न्यूनतम कर्मचारी को उपस्थिति मा दैनिक सेवा सञ्चालन हुनेछन।
डिसिसिएमसीले जिल्ला बाहिरबाट वा भारत बाट आउने व्यक्ति हरुलाई १० दिन होमक्वारेन्टाइन वा स्थानियले तयार गरेको क्वारेन्टाइन मा बस्नु पन्ने निर्णय गरिएको छ। संचारकर्मि पत्रकारको हकमा सुचना विभाग वा सम्बधित मिडिया हाउसले जारी गरिएको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउने छन।