नयाँ सरकार गठनको लागि कांग्रेस पदाधिकारीको बैठक बस्दै



काठमाडौं ।
नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सरकार गठनका लागि अन्य दलसँग छलफलको समय तय गरेको देउवाले त्यो भन्दा अगाडि पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।
पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि आवश्यक तयारीबारे छलफल हुने बताइएको छ । सभापति देउवाले सोमबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग नयाँ सरकार गठनका लागि प्रकृया थाल्न राष्ट्रपतिलाई आग्रह गरिसकेका छन् ।
प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरिसकेका छन् । दृष्टि