काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी



काठमाडौं ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबारसम्म थियो । तर, अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञा थप कडा गर्ने तयारी गरिएको बताइएको छ ।