नेपाल समुहलाई फकाउदै ओली, नेपालसहित चार नेताको कारवाही फुकुवा



काठमाडौं ।
नेकपा एमालको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।
बालुवाटरमा बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको ६ महिने निलम्बन फुकुवा गरेको हो ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय सकिन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओली माधव समूहलाई फकाएर अघि बढ्ने तयारीमा जुटेका हुन् । यसै क्रममा चार नेताको कारवाही फुकुवा गरिएको हो । दृष्टि