प्रहरीका पुर्व एआइजीको घरमा कार्यरत प्रकासले गरे आत्महत्या



काठमाडौं ।
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी कार्यालय सहयोगी (प्रकास) ले आत्महत्या गरेका छन् । उनलेे बमकाे घर नजिकैको टहराेमा झुन्डिएर आत्महत्या गरेका हुन ।
कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी कार्यालय सहयोगी बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।
मृतक धमला ओखलढुंगाका हुन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।