कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक


  • कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepalicongress.org मा बिहीबार सार्वजनिक गरेको हो। शुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयानुसार उक्त विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा [email protected] ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव रिजालले बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *