अधिवक्ता विराजले चट् गराइदिए ७ जना गैर सांसदको मन्त्री पद



काठमाडौं ।
सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधिवक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् गराइदिएका छन् ।
अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदरको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
रिटमाथि सुनुवाइपछि बिहीवार अन्तरिम आदेश जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सांसद नभएका व्यक्ति पटक–पटक मन्त्री हुन नमिल्ने आदेश गरेको छ ।मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ ।