प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा भएको कुराकानीबारे उनले भने, ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार उनीहरुलाई (विपक्षी दललाई) नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिस गरौं भन्नुभएको थियो ।’