राष्ट्रपतिद्वारा नयाँ सरकार गठन आव्हान, कांग्रेसद्वारा आपत्ति



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न गरेको आह्वान आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएका हुन् र
राष्ट्रपतिले दिएको समयसीमा पनि कांग्रेसले आपत्ति जनाएको छ । ‘नयाँ सरकार गठनजस्तो गम्भीर विषयमा केही घण्टाको अवधि तोकिनु आश्चर्यको विषय भएको भन्दै पार्टीमा छलफल हुने समेत बताए । दृष्टि