नयाँ प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै विपक्षी गठबन्धन राष्ट्रपति निवासमा



काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवामा नयाँ सरकारको दावी गर्दै विपक्षी गठबन्धन राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बसेको विपक्षी गठबन्धनको बैठकले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीको लागि देउवालाई अघि सार्दै दावी पेश गर्ने भएका हुन् ।
बैठकले १ सय ४९ सांसदको हस्ताक्षर जुटाएर दावी पेश गर्ने भएका हुन् । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित, माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।