प्रधानमन्त्री ओली बाहिरिए शीतलनिवासबाट



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतलनिवासबाट बाहिरिएका छन् । उनी राष्ट्रपतिलाई भेट्न शुक्रबार अपराह्न शीतल निवास पुगेका थिए ।
स्रोतका अनुसार उनले झन्डै आधा घन्टा शितल निवासमा बिताएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट चलिरहँदा १४९ जनाको हस्ताक्षर बोकेर शीलत निवास पुगेका विपक्षी गठबन्धनका नेताहरुले भने प्रतीक्षा गर्नुपरेको थियो ।
निकट स्रोतका अनुसार ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । उनले एमालेका १२१ र जसपाका १७ गरी १३८ जना सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका हुन् ।
विपक्षी गठबन्धन पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी छन् ।