अमेरिकाद्वारा चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पती भएको दाबी
काठमाडौं ।
अमेरिकाले चीनको प्रयोगशालाबाटै कोरोनाभाइरसको उत्पतीभएको दाबी गरेको छ । विश्वव्यापीमहामारीका रुपमा फैलिएको भाइरसको उत्पतिबारै अझै एकिङ तथ्य फेला नपरेको अवस्थामा बिभिन्न व्यक्तिहरुले आ आफ्नै किसिमका दाबीगर्दै आएका छन् । अमेरिकी स्वास्थ्यअधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित सङ्क्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको हुनसक्ने दाबी गरेका हुन ।
अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन सीडीसीका निर्देशक समेत रहेका डा वालेन्स्कीले चीनको प्रयोगशालामा कोरोना भाइरस उत्पत्तिभएको हुन सक्ने सम्भावना बढि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । सङ्क्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ ।
यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास भएको दाबी गरेका छन भने केहीले चीनको प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको र त्यहीबाट चुहिएर फैलिएको हुनसक्ने बताएका छन् ।