प्रतिगमन भाग – २ को डटेर प्रतिवाद गरौ : नेता नेपाल



काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ ।
नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग - २ भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान पनि गरेका छन् ।
“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ,” उनले भनेका छन् ।