आगामी बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने



काठमाडौं ।
आगामी बजेटमा सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने तयारी गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर्मचारीको तलब वृद्धि गर्ने भएको हो।
अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्नेछ। सरकारले यही जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।