कोरोना निको हुनेको संख्या बढ्दै, एकैदिन ८ हजार ८४८ जना संक्रमणमुक्त



काठमाडौं ।
केहीदिन यता कोरोना संक्रमितको निको हुने दर बढेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ ।