भविष्य अन्यौलमा राख्दै मेस्सीले बार्सिलोना छाडे


  • भविष्य अन्यौलमा राख्दै मेस्सीले बार्सिलोना छाडे
  • एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीका लागि जारी सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई अगाडि सिजनको अन्तिम खेलअघि नै छुट्टी दिएका छन् । ला लिगामा शनिबार हुने आफ्नो अन्तिम खेलमा मेस्सीलाई कोम्यानले आराम दिएका छन् ।
    यो सिजन मेस्सीले निकै खेले । त्यसैले पनि उपाधि दौडबाट बाहिरिएका कारण उनलाई अन्तिम खेल अघि नै छुट्टी दिन कोम्यान तयार भएका हुन् । यसले उनलाई कोपा अमेरिकाको तयारीका लागि केहि समय मिल्नेछ । मेस्सीको देश अर्जेन्टिनामा जुनमा कोपा अमेरिका आयोजना हुँदैछ । अर्कोतिर यसअघिको खेल मेस्सीका लागि बार्सिलोनाका जर्सीमा अन्तिम पनि हुन सक्छ । उनले यो सिजनको अन्त्यपछि मात्रै आफ्नो आगामी यात्राका बारेमा निर्णय लिने बताएका थिए । सिजनको अन्त्यसँगै बार्सिलोनासँगको उनको सम्झौता सकिदैछ । यद्दपी एजेन्ट समेत रहेका उनका पिताले बार्सिलोनाका अध्यक्ष जोन लार्पोटासँग अनौपचारिक छलफल अघि बढाएसकेको बताइएको छ । तर, कुनै निर्णय भने भएको छैन । कोम्यानले पनि आफ्ना कप्तानको महत्त्व क्लबमा कति रहेको भन्ने पटक पटक बताइसकेका छन् । लार्पोटा पनि मेस्सी क्लबमै रहुन भन्ने चाहन्छन् । नेयमार र इर्लिङ हाल्यान्डलाई क्लबमा भित्राउने प्रयास सफल हुनेमा शंका भइरहेका बेला उनले सर्जियो अगुएरोलाई भित्राउने भएका छन् । अर्जेन्टिनी अगुएरो मेस्सीका मिल्ने साथी हुन् ।
    यसैबीचमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेष्टर सिटीले मेस्सी र बार्सिलोनाबीच कस्तो नयाँ सम्झौता हुन्छ हुँदैन भन्ने चासोका साथ हेरिरहेका छन् । फ्रान्सेली टोली पिएसजीले मेस्सीका लागि प्रस्ताव गरिसकेको छ । तर उनले आफै सिजनको अन्त्य भएर बार्सिलोनासँग एक पटक छलफल गरेर मात्र निर्णय पुग्ने बताइएसकेका छन् । प्रिमियर लिग टोली सिटी पनि मेस्सी बार्सिलोनामा बस्न तयार हुन्छ हुँदैनन् भन्ने नजिकबाट नियालिरहेको छ । मेस्सी बार्सिलोना छाड्न तयार भएको खण्डमा सिटी आफ्नो प्रस्तावका लागि निकै अघि बाट तयार रहेको छ । यो पनि पढ्नुहोस : यसपटक नरोकियोस् नेपाली फुटबलमा परिवर्तन

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *