राष्ट्रिय जनमोर्चाद्वारा पार्टी बिपरित कार्य गर्ने सांसद थापालाई कारबाही



काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) बाट निर्वाचित प्रदेश सांसद कृष्ण थापालाई पार्टीबाट निस्कासित भएका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका सांसद थापाले पार्टीको निर्णय विपरित गण्डकी प्रदेश सभामा भूमिका खेलेको भन्दै कारवाही गरिएको हो ।
जनमोर्चाका गण्डकी प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका थापाले पार्टी निर्णय विपरित कार्य गरेको भन्दै पार्टी केन्द्रीय समितिले निस्कासित गरेको हो । उनलाई एक वर्षका लागि पार्टी सदस्यता समेत नरहने गरि हटाइएको छ ।
एमालेका तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा समर्थन जनाउने राष्ट्रिय जनमोर्चाले निर्णय गरेको थियो ।