नेता नेपाल सहित ११ जनालाई स्पष्टिकरण सोध्ने स्थायी कमिटीको निर्णय



काठमाडौं ।
नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन् ।
आज बसेको स्थायी समिति बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । उनीहरुलाई साेमबार बिहानसम्मको समय दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।