अर्को पार्टी खोल्ने निर्णयमा नेता नेपाल


  • अर्को पार्टी खोल्ने निर्णयमा नेता नेपाल
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । शनिबार बरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याएका कारण अर्को बिकल्प नरहेको बताए ।

    Leave a reply

    • Facebook Comments