अमेरिकामा भेटियो अर्को डरलाग्दो भाइरस


  • अमेरिकामा भेटियो अर्को डरलाग्दो भाइरस
  • काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीले आक्रान्त बनाइरहेकै बेला फेरि अर्को भाइरस देखा परेको छ । महामारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको छ । बीबीसीका अनुसार संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका हुन् । स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन ।” त्यसो नगरी, यसको कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ। ”कुखुराहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस कीटाणुका वाहक हुन सक्ने चेतावनी दिएका छन् । यसको कीटाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फैलिन सक्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *