डब्लूएचओले कोरोना सम्बन्धि स्वास्थ्य सामग्री साता दिनमै नेपाललाई उपलब्ध गराउदै



काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा बढी स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ ।
यसैक्रममा अबको साता दिनमै नेपाललाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराउने डब्लूएचओले जनाएको छ । नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइन लागेको डब्ल्यूएचओद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका अनुसार हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरुलगायका मुख्य सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।