विपक्षी पाँच दलका नेताहरु हस्ताक्षर सहित सोमबार मात्रै सर्वोच्च जाने



काठमाडौं ।
प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् ।
आइतबार नै सर्वोच्च जान तयारी भए पनि सबै कागजात नमिलिसकेकाले सोमबार मात्रै जाने निर्णय भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ भने, ‘रिट साँझसम्म तयार हुन्छ । नागरिकतालगायत तयार गर्ने काम भएको छ । सशरीर उपस्थित भएर हामी अदालत जान्छौं । भोलि फस्ट आवरमा हामी अदालत जान्छौं ।’