
धनुषा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि मधेसका जिल्लामा स्वागत गरिएको छ । जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूहले दिपावली नै गरी अध्यादेशको स्वागत गरेको हो ।
लामो समयदेखि नागरिकताबाट बञ्चित मधेसी नागरिकको माग पुरा भएको खुशियालीमा दिपावली मनाएको जसपाका यूवा नेताले बताए ।
बाबु आमा जन्मसिद्ध नेपाली नागरिक भए पनि छोराछोरी नागरिकताबाट बन्चित हुँदा हजारौं युवाले पढाइ, जागिर र विदेश जानबाट बन्चित भएका थिए । अध्यादेशले आफनै देशभित्र अनागरिक भएकालाई न्याय मिलेको भन्दै मधेशमा दिपावली गरिएको हो । दृष्टि