खनाल र नेपाल सहित ११ सांसदलाई एमालेवाट निष्कासन



काठमाडौं ।
नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
निष्कासनमा पर्नेमा भीम रावल, रामकुमारी झांक्री, मुकुन्द नेउपाने, लक्ष्मी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन, निरा जैरुलगायत छन् ।