नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च रिट



काठमाडौँ ।
नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले अध्यादेश बदर गर्न माग गर्दै सोमबारसम्म सर्वोच्च अदालतमा रिट परेको हो । मंगलबार ती रिट दर्ता प्रक्रियामा जाने बताइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका थिए । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो समर्थनमा पार्नका लागि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेको छ ।