पश्चिम नवलपरासीमा नेविसंघद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौं ।
पश्चिम नवलपरासीमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको प्रतिनिधी सभा बिघटनको बिरुद्धमा नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
नेपाली काङ्ग्रेसको भातृसँगठन नेबिसंघ नवलपरासीले नारा जुलुस गर्दै सदरमुकाम परासी सहित जिल्लाका ७ वटै स्थानीय तहमा पुत्ला दहन गरेको हो ।
संबिधानको विपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन गरि अस्थिरता तिर धकेलेको भन्दै त्यसको बिरोधमा पुत्ला दहन गरेको नेबिसंघ पश्चिम नवलपरासीका सभापति राजन भण्डारीले जानकारी दिनुभयो ।