निषेधाज्ञा उल्लंघन गरे एक वर्ष कैद, पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने



काठमाडौं ।
जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । आज देखि निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।
निषेधाज्ञा उल्लंघन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड-१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए ।