पूर्व सभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा



काठमाडौैं ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्दैछन् ।
मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बेठक बोलाइएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाका अनुसार पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको हो ।
गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेता एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध जनाएका थिए ।
१४६ सांसदले संसद विघटनको विरोध गर्दै सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।