प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमाथि सुनुवाइ सुरु
काठमाडौं ।
प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमाथि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा बिहीबार सुनुवाइ शुरु भएको हो ।
विघटनबिरुद्ध परेका १९ वटा रिटमा आज सुनुवाइ हुनेछ । अधिकांश रिट कानुन व्यवसायीले दायर गरेका छन् । कोरोना भाइरसको कारण राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् ।
पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हालेको निवेदन छ । प्रधानन्यायाधीशले निवेदन अध्ययन गर्दैछन् । कानून व्यवसायीहरू बाहिर प्रतीक्षामा छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवार सुनुवाई हुनेगरी सर्वोच्च प्रशासनले पेशी तोकेको छ । दृष्टि