चीनद्धारा श्रीलङ्कालाई पाँच लाख डोप खोप सहयोग



बेङजिङ ।
चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरुद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन ।
बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो ।
अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ । श्रीलङ्का सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको छ ।