चीनले उपलब्ध गराएको खोप लिन वाइडबडी जहाज सोमबार चीन जाँदै



काठमाडौं ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डाेज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो ।
सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयो,‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेवा निगमको ए ३३० बाइडबडी जहाज पठाउने तयारीमा छौँ ।गाेरखापत्रबाट