१४ औं गणतन्त्र दिवस सैनिक मुख्यालय भित्र मनाइदै
काठमाडौं ।
१४ औं गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा मनाउन लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष आफैं छन् । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको बताए ।
गृहका अर्का एक अधिकारीले पानी परेर कार्यक्रम प्रभावित हुने भएकाले टुँडिखेलको खुल्ला चौरमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्न नसकिएको उनको भनाई छ । जंगिअड्डामा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको छ । दृष्टि