मन्त्रिपरिषद्को बैठक बस्दै, अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।